भ्रष्टाचारीका फाईल खोल्नेसँग गठबन्धन गर्छौँ- रवी लामिछाने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भ्रष्टाचारीका फाईल खोल्नेसँग गठबन्धन गर्छौँ- रवी लामिछाने



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारसम्बन्धी फायल खोल्नेसँग आफ्नो पार्टीले गठबन्धन गर्ने बताएका छन्।

प्रतिनिधि सभा निर्वाचनमा चितवन– २ बाट विजयी भएपछि उनले यसअघि भएका सबै किसिमका गरेका भ्रष्टाचारका फायलहरू खोल्ने बताए।

भ्रष्टाचारसम्बन्धी फायल लुकाइएको दाबी गर्दै लामिछानेले अब आफूले चुनाव जितेकाले ती फायल खोल्ने विश्वाससमेत दिलाए।

विजयी भएपछि चितवनमै प्रतिक्रिया दिँदै लामिछानेले चुनावअघि कसको गठबन्धन भएको हो त्यसमा मतलब नभएको बताए। साथै उनले निर्वाचनको नतिजापछि बन्ने संसद्मा भ्रष्टाचारका फायल खोल्नेहरूसँग गठबन्धन गर्न तयार हुने उद्घोष गरे।

हामी गरिखाने देशका नागरिक भएको भन्दै लामिछानेले गरिखान दिन अनुरोध गरे।

साथै उनले नेपाल उनले मागी खाने देश नभएको बताए। उनले विशेष सांसद बोर्डको धारणा प्रस्तुत गरिसकेको बताउँदै त्यसमा भ्रष्टाचार शून्य सहनशीलतासहितको टिम बनाउने बताए। उनले कुनै दलहरूसँग राजनीति घोचपेच नगर्ने विश्वास पनि दिलाए।