गृहमन्त्री रवि लामिछानेको हातमा पुग्यो निर्मला पन्तको फाइल - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

गृहमन्त्री रवि लामिछानेको हातमा पुग्यो निर्मला पन्तको फाइल



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणको विषयमा छानबीन गर्न नयाँ समिति गठन गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

प्रहरी प्रधान केन्द्रीय कार्यालयले अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । रवि लामिछानेले आफू संचार जगतमा हुँदा पनि यस विषयमा बढी चासो व्यक्त गरेका थिए ।

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।