निकिताको फेसबुकबाट रविले भने -म प्रहरीभित्रै असुरक्षित छु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

निकिताको फेसबुकबाट रविले भने -म प्रहरीभित्रै असुरक्षित छु



काठमाडौं- शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएका छन्। बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्।

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।