ललितपुरमा सत्ता गठबन्धन पाँचौँ स्थानमा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

ललितपुरमा सत्ता गठबन्धन पाँचौँ स्थानमा



काठमाडौं : ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ।

दिउँसो १ बजेसम्मको मतपरिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले पाँच हजार ७७८मत पाएका छन्।

हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ४६ सय मत पाएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेवार रघुवर राज थापाले ३४३४ मत पाएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जनले ३२६२ मत पाएका छन्। सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले २८२८ मत पाएका छन्।