ललितपुरमा आगलागी - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

ललितपुरमा आगलागी



काठमाडौं : ललितपुरमा आगलागी भएको छ ।

ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको हो।

शनिबार राति करिब ८ बजेतिर आगलागी भएको बताइएको छ ।

ललितपुर प्रहरीका अनुसार गाडी ग्यारेज नजिकै रहेको कवाडीमा फैलिएको आगोले भीषण रुप लिँदा नियन्त्रणमा समस्या भएको छ।

प्रत्यक्षदर्शीका अनुसार कवाडीबाट फैलिएको आगो नियन्त्रणको प्रयास भइरहेको छ।

वारुण यन्त्रहरु आइनपुगेकाले आगो नियन्त्रणमा लिन समस्या भएको छ।