ललितपुरमा एमालेको अग्रता - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ललितपुरमा एमालेको अग्रता



ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ।

कुल ४ सय मत गणना हुँदा एमाले अध्यक्षका उम्मेदवारले मात्रै अग्रता लिएका हुन्। एमाले अध्यक्षका उम्मेदवार कृष्णमान लामाले १९१ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका गोपिलाल सिंन्तानले १६२ मत मात्रै ल्याएका छन्।

उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरेले १५८ मत ल्याउँदा एमालेका उपाध्यक्षका उम्मेदवार रनिता तामाङ १३०मत मात्रै ल्याएकी हुन्।

यसअघि निर्वाचनमा कोन्ज्योसोम अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो।