ललितपुर २ मा एमाले फराकिलो मतले अगाडि, लौरो पछिपछि - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

ललितपुर २ मा एमाले फराकिलो मतले अगाडि, लौरो पछिपछि



प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ।

बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्।

यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ।

त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ सय ७७ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६ सय ७८ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३ सय ९० मत पाएका छन्।