भीम उपाध्यायकी श्रीमती ‘लौरो चिन्ह’बाट समानुपातिक उम्मेदवार - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भीम उपाध्यायकी श्रीमती ‘लौरो चिन्ह’बाट समानुपातिक उम्मेदवार



काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल र शीर्ष नेता हराउ अभियानमा लागेका छन् । उनी सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

तर, उनी आफैंले भने श्रीमतीलाई समानुपातिक उम्मेदवार बनाएका छन् । उनकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी छन् । उनलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनको मतदाता नम्बर ५७८५३८३ रहेको छ । प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको छ ।

सुरु सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचार प्रसारमा लागेका थिए । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उनले काठमाडौं ८ बाट प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह बालेनको निकै प्रचार प्रसार गरेका थिए । सायमी काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार थिए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा बालेनले सुमन सायमीको प्रचार गर्ने अपेक्षा उपाध्यायलाई थियो । तर बालेन कतै कुनै उम्मेदवारको पक्षमा देखिएका छैनन् । त्यही भएर उपाध्यायले बालेनको विरोध गर्न थालेका छन् ।