लालबाबु राउतले पाए दुई तिहाइ मत - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

लालबाबु राउतले पाए दुई तिहाइ मत



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन्। राउतले पेश गरेको विश्वासको प्रस्तावको पक्षमा ७७ मत परेको छ। त्यसैगरी विश्वासको मतको प्रस्तावको विपक्षमा २३ मत परेको छ।

१०४ सदस्यीय प्रदेशसभामा बुधबार सयजना उपस्थित थिए। राउतले प्राप्त गरेको ७७ मत दुई तिहाइभन्दा बढी हो। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

जसपा नेतृत्वको सरकारमा पछिल्लो समय कांग्रेस र माओवादी केन्द्र सामेल भएको छ। प्रदेशसभामा सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन्। त्यसैगरी सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा९एकीकृत समाजवादी० का सांसदहरूले पनि विश्वासको मतको पक्षमा मतदान गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन्।

१६ सांसद रहेका लोसपा र ८ सांसद रहेका नेकपा एमाले भने विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेको थियो।