मालपोतमा लालबाबुको आकस्मिक अनुगमन, कर्मचारी परे फन्दामा - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

मालपोतमा लालबाबुको आकस्मिक अनुगमन, कर्मचारी परे फन्दामा



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा ३० जना कर्मचारी मध्ये ९ जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ । त्यसक्रममा मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए । अनुगमनपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए ।

मन्त्री पण्डितले कार्यालयका कायममुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कामकाज सन्तोषजनक नदेखिएकाले आवश्यक व्यवस्थापन र कारबाहीका लागि विभागमा पत्रचार गर्न निर्देशन दिएका छन् । अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत पण्डितले निर्देशन दिएका छन् ।

अनुगमनपछि मन्त्री पण्डितले कर्मचारीहरु समयमा उपस्थित नभएको, जानकारी बिना बिदा बसेको र सेवाग्राहीको काम समयमा नहुने गरेको आफूले फेला पारेको पण्डितले बताए । जनतालाई ठगेर खाने कुनै पनि कर्मचारीलाई कारबाही गरिने मन्त्री पण्डितले बताए ।