बैठकमै कोहि आएनन, रित्तै फर्किए लालबाबु पण्डित - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

बैठकमै कोहि आएनन, रित्तै फर्किए लालबाबु पण्डित



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कोहि पनि नआएपछि मन्त्री लालबाबु पण्डित रित्तै फर्केका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न मंगलबार बिहान ११ बजे बैठक बोलाइएको थियो ।

तर, सांसदहरू नआएको कारण बैठक नै स्थगित भएको छ। यसैकारण बैठक बस्न सकेन र मन्त्री लालबाबु पण्डित मन्त्रालयका सचिव यादव कोइरालासहित उपस्थित केहि सांसदहरु फर्किएको बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समिति २५ सदस्य छन । बैठक बस्न कम्तिमा ५१ प्रतिशत सदस्यहरुको उपस्थित हुनुपर्ने हुन्छ। बैठकमा समिति सभापति शशी श्रेष्ठ, पम्फा भुसाल, जनार्दन शर्मा, अमरेस कुमार सिंह, डिला संग्रौलामात्र उपस्थित भएको बताइएको छ ।

चाडपर्व सकिएको पनि लामो समय भैसकेको छ। यस्तो अवस्थामा पनि बैठक बस्न नपाएर फर्कनु लाजैमर्दो अवस्था भएको केहि उपस्थित सदस्यले बताएका छन् ।