मुख्यमन्त्री भन्छन- सरकारले कर्मचारी फिर्ता लैजाओस - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मुख्यमन्त्री भन्छन- सरकारले कर्मचारी फिर्ता लैजाओस



काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन्।

आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा बैठकमा बुधबार सांसदले राजेखा प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। विधेयकले आफ्नै शासन, आफ्नै प्रशासन’ भन्ने संघीयताको मूल मर्मलाई संस्थागत गर्ने दाबी गदै उनले उक्त विधेयक संघीयता कार्यान्वयनका लागि कोशेढुंगा भएको दाबी गरे।

प्रदेशसभामा सोमबार टेबुल गरिएको उक्त विधेयकमा दुई दिनपछि बुधबार सैद्धान्तिक छलफल गरिएको खबर कान्तिपुर दैनिकमा छ। ‘सचिव कहिले आए र गए अहिले थाहा हुन्न’ विधेयक ल्याउने कुरा खुलाउँदै मुख्य मन्त्री राउतले प्रदेशसभामा भने ‘कर्मचारी–सचिवसँग चर्को बोल्नु भएन। कुराले हर्ट गर्यो भने फेरि हिडिदेलान् भन्ने पीर।’