मुख्यमन्त्री लालबाबुको राजिनामा माग ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !



वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

आइतबार विहान नेपाली कांग्रेस पर्साको वीरगन्ज श्रीपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता सर्राफले मुख्यमन्त्री राउतको राजीनमा मागेका हुन् । ‘हाम्रा आपसी विषय छन्, संबिधान संसोधनको प्रस्ताव कांग्रेसले बिगतमा अघि सारेर मधेसका अधिकारको सवालमा अगाडि बढेकै छ, उनले भने, कुन विषय कहाँ राख्ने भन्ने जिम्मेवारी बोधनै मुख्य मन्त्रीमा नभएको देख्दा निकै दुःख लगेको छ ।’ आफ्नो नेताले गरेको गल्ती ढाकछोप गर्ने प्रवृति उनको पार्टी र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवमा पनि देखिएको उनको आरोप छ ।

मोदीको भ्रमणको दिन फरक किसिमको राष्ट्रिय झण्डा जानकी मन्दीरमा राखिएको विषय र खर्चमा अपारदर्शीता भएको भनी उठीरहेको विषयमा छानबिन हुनुपर्ने उनले धारणा राखे। उनले वीरगन्जबाट जितेर राउतले यहाँको विकासको मुद्दामा कुनै चासो नलिएको आरोप लगाए ।

भारतीय नेता किर्ती आजादले नेपालको जनकपुर भारतमा मिलाउने भनीदिएको अभिब्यक्तिप्रति पनि उनले आपति जनाए ।