मन्त्री पण्डितले भने - कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ



हिमालपोस्ट/काठमाडौँ-

कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जबाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरूलाई आग्रह समेत गरे।

सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले कर्मचारीहरूलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताए।

कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कार्वाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए। उनले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराए।