लालबाबु पण्डितले पनि कार्यकारी भूमिकाबाट बिदा लिए - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लालबाबु पण्डितले पनि कार्यकारी भूमिकाबाट बिदा लिए



काठमाडौं – केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचीमा नअटाएपछि लालबाबु पण्डितले सम्पूर्ण कार्यकारी भूमिकाबाट बिदा लिएको बताएका छन्।

एमालेको १० औं महाधिवेशनमा ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन्। उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन्।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए। यद्यपि, सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो।

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा लिएको बताएका हुन्।

नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए।