सुरेनको म्युजिक भिडियो ‘लक्ष्य' सार्बजनिक - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सुरेनको म्युजिक भिडियो ‘लक्ष्य' सार्बजनिक



एडीलेड

साउथ अस्ट्रेलियाको एडीलेडमा छायांकन गरिएको सुरेन श्रेष्ठको दोश्रो नेपाली गीत ‘लक्ष्य’को म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नै शब्द संयोजन र कम्पोज रहेको श्रेष्ठको उक्त गीतको भिडियो निर्देशन र सम्पादन जिबन रसाइलीले गरेका छन् भने भिडियोमा रम्बो अधिकारी, नित्या श्रेष्ठ, ग्रिश्मा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

जनवरीमा स्पर्श तिम्रो गीतको म्युजिक भिडियो सार्बजनिक गरेका श्रेष्ठ सानै देखि संगीतमा रुचि रहेको बताए । उनले भने ” स्कुले जिबन देखि नै चर्चित गायक संजय श्रेष्ठ, नबिन के भट्टराई , निमा रुम्बा लगायत गायाकहरुको पप शैलीको गितहरु सुन्दै हुर्किए सायद त्यसैको प्रेरेणा हुनुपर्छ त्यहि शैली पच्छाई रहेको छु । पप शैलीमा रहेको रोमान्टिक गीत सार्बजनिक गरेका श्रेष्ठले संगीत साधना भएको बताउछन् । “मनोरंजन, आनन्द संगै संगतिकले संगीतकर्मीलाई अनुशासन सिकाउछ “- अर्घाखाँचीमा जन्मिएका श्रेष्ठले संगीत प्रतिको धारणा बताए । बुटवलमा हुर्किएका श्रेष्ठ हाल ९ बर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन्। अस्ट्रेलिया बाट नेपाली संगीतमा लाग्नु चुनौती रहेको उनको ठमाई छ। ब्यस्त जिबन बाट समय मिलाउनु , स्टुडियो र कम्पोज गर्नको निम्ति संगीतकर्मी भेट्न गार्हो हुने हुनाले पनि धेरै काम उनीले नेपालमै गर्नु पर्ने बाध्यता भएको सुनाए।