लक्षमी प्रसाद देवकोटा र बि पी कोइराला साहित्यका दार्शनिक ब्याक्तित्व
शर्मिला अधिकारी
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोरा मध्ये लक्ष्मी प्रसाद देवकोटा साइला थिए।देवकोटा जन्मे देखि नै उनका घरमा अनेक कष्टहरुको प्रवेश भैरह्र्यो।उनको घरको व्यवस्थापकिय ढाचा पनि अत्यन्तै दयनीय थियो।त्यसैले उनी सानैमा भन्थे ” म अङ्ग्रेजी पढ्छु र ट्युसन गरेर पैसा कमाउछु” तर उनी जन्म देखि नै रोगी थिए।
देवकोटाले गरिविका कारण दैनिक १८ घन्टा सम्म पनि ट्युसन पढाए।उनी उठ्दा,बस्ता,हिड्दा,सुत्दा,खादा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्य भन्दा बाहिर हुदैनथ्ये। आदि इत्यादी कारणले गर्दा “महाकवी” लक्ष्मी प्रसाद देवकोटा भए।
हजारौंमा एक लक्ष्मी प्रसाद थिए
हजारौंमा एक विपि कोइराला थिए
करोडौंमा आज म लक्ष्मी प्रसाद खोज्दैछु
करोडौंमा आज म विपी कोइराला खोज्दैछु
बाटोमा खोज्दैछु, चौबाटोमा खोज्दैछु
तराईमा खोज्दैछु,पहाड मा खोज्दैछु
सिङ्गो नेपालमा खोज्दैछु
सबैको भावना र समर्पणमा खोज्दैछु
जाती र प्रदेशमा होईन म
सिङ्गो नेपाल र नेपालीमा खोज्दैछु
म एक अर्को लक्ष्मी प्रसाद खोज्दैछु
म एक अर्को विपी कोइराला खोज्दैछु
म एक साच्चैको देशभक्त खोज्दैछु
म एक साच्चैको देशभक्त खोज्दैछु।
विश्वेश्वरप्रसाद कोइराला एक पठित,प्रतिभाशाली र युगिन व्यक्तित्वका धनी राष्ट्रवादी चिन्तक थिए।उनले आफ्नु सम्पुर्ण जीवन नेपाली समाज,राजनीति र साहित्यको सेवामा समर्पण गरे।निश्चित उदेश्यका निमित्त गरिने प्रतिबद्धतालाई जिवनको सार्थकता ठान्ने कोइरालाले संकल्प र आस्थाका कारण मात्र मानिस यथार्थमा मानिस बन्न सक्ने मानवीय विचार भएका विपी कोइराला थिए। कोइरालाले जसरी प्रतिकुल राजनीतिक चिन्तन प्रस्तुत गरि त्यसको अभ्यास गरे त्यसै गरि प्रतिकुल नेपाली सामाजिक अवस्थामा मनोबैज्ञानिक कथा र चिन्तनमुलक वैचारिक उपन्यासहरु पनि लेखे।
राजनितीमा विपि प्रजातान्त्रिक समाजवादी राजनीतिका आस्थावान प्राणी हुन् ।त्यसैले नेपाली काङ्ग्रेसले विपीको सिद्धान्तमा अडिग भएर हिड्नु जरुरी छ।