लकडाउन थप्ने तयारी: मन्त्रिपरिषद् बैठक बस्दै - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

लकडाउन थप्ने तयारी: मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौंं- लकडाउन लब्याउने बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिँन लागेकाे छ।

हिजो मात्रै नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १५ पुगेको छ। पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको संक्रमण अहिले नेपालका विभिन्न जिल्लामा देखिएको छ।

कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।

यसैबीच हिजो मात्रै काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना आशंका गरिएको छ। एकैघरका तीनजना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।