लैङ्गिक समानता नितीको मस्यौदा माथी छलफल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

लैङ्गिक समानता नितीको मस्यौदा माथी छलफल



विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाको लैङ्गिक समानता नितीको मस्यौदा माथी छ्लफल गरिएको छ ।

लैंगिक समानतामा नितीको आवश्यकता महशुस गर्दै केही समय पहिला नगरपालिकाले महिला पुनस्थापना केन्द्र (ओरेक) संगको समन्वयमा बृहत छलफल गरि तयार पारिएको मस्यौदा माथी आज छ्लफल गरिएको हो ।

कार्यक्रममा लैंगिक समानता नितीको लागी केन्द्रिय सरकारले विगतमा गरेका प्रयासहरु , लक्ष्य र उदेश्यहरु, अवलम्बन गरीने कार्यनिती, नीति कार्यान्वयनको जिम्मेवारी तथा दायित्व, जनप्रतिनिधिहरुले बनाउने नितिहरु , चुनौती लगायतका बुदाहरुमा छलफल गरिएको थियो ।

यस अघि नै जनप्रतिनिधि ,सरोकारवाला निकाय लगाएतका सहभागीतामा छलफल गरि तयार गरिएको खाका ठिक छ या छैन वा केही नितिहरु थपघट गर्नु पर्छ कि भनेर आज छलफलको आयोजना गरिएको ओरेक नेपालकी सदस्य पार्वती बस्नेतले बताइन् । जनप्रतिनिधि र सरोकारवालाहरु संगको छलफलका आधारमा तयार गरिएको मस्यौदालाई नगर परिषदबाट पास भएपछी मात्र यो नितीले बैधानिक्ता पाउने सदस्य बस्नेतले बताइन् ।

घोडाघोडी नगरपालिकाको आयोजनामा लैङ्गिक समानता नीति मस्यौदा माथीको छलफल कार्यक्रमको आयोजना भनिएपनी निती निर्माण र कार्यान्वयनको प्रमुख दायित्व बोकेका नगर प्रमुख, उप प्रमुख तथा कार्यकारी अधिकृत नै छलफलमा उपस्थित नभएपछी नितीले पुर्णता पाउने कुरामा समेत अन्यौलता देखीएको छ ।

सम्पुर्ण जिम्मेवारी बोकेका नेतृत्व पंक्ती नै यस्तो महत्वपुर्ण छलफलमा सहभागी नहुनुलाई उपस्थित सहभागीहरुले लैंगिक नितीको बेवास्था तथा गैर जिम्मेवार पुर्ण ब्यवहार भनेर ब्याख्या गरेका छन ।

ओरेक नेपालको समन्वय तथा प्लान नेपालको सहयोगमा सम्पन्न भएको छलफल कार्यक्रममा ओरेक नेपालकी कैलाली जिल्ला संयोजक बिनु राना ,घोडाघोडी नगर क्षेत्रकि संयोजक प्रीति चौधरी, कार्यपालिकाका सदस्य तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।