लैङ्गिक हिंसा विरुद्धको अभियान : राजमार्ग संचारकर्मी महिलाद्बारा अन्तरक्रिया कार्यक्रम सम्पन्न  - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

लैङ्गिक हिंसा विरुद्धको अभियान : राजमार्ग संचारकर्मी महिलाद्बारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 



सुखड, कैलाली । “लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राजमार्ग सन्चारकर्मी महिला समूह कैलालिको आयोजनामा घोडाघोडी नगरपालिका – १० मा  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नं १० का वडाध्यक्ष भिम बहादुर बमले  लैङ्गिक बिबेद आफ्नै घर बाट नै सुरुवात हुने हुनाले आफै बाट परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाले जातिय छुवाछुत, बाल बिबाह, बहुबिबाह लगायतका कानुनी प्राबधानका बारेमा समेत  जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै साहारा युवा क्लबका अध्यक्ष शिबराज चन्दले हिंसा न्युनिकरण गर्न सबै भन्दा पहिले आफै बाट परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाले हिन्सा अन्त्यका  लागि पहिले आफ्नो सोच परिवर्तन  गर्नुपर्नेमा जोड दिनुभयो ।

राजमार्ग संचारकर्मी महिला समुहका अध्यक्ष लक्ष्मी भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा  करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानियहरुले आफ्नो ठाउमा रहेका हिंसा सम्बन्धि समस्याहरुका बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रमको सन्चालन संंस्थाकी सचिब इन्दु केसिले गरेकी थिइन ।