लैङ्गिक हिंसा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बर्दगोरियामा सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लैङ्गिक हिंसा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बर्दगोरियामा सम्पन्न



बौनिया,कैलाली । लैङ्गिक हिंसा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बर्दगोरिया गाउपालिकामा सम्पन्न भएको छ ।

बर्दगोरिया गाउपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार हिंसा विरुद्धको नारा लगाइ र्‍याली निकालिएको थियो भने बुधबार स्थानीय र सरोकारवाला निकाय बिच वडा नम्बर १ को कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बर्दगोरिया गाउपालिकाकी उपाध्यक्ष भगवती डगौरा थारुको सभापतित्वमा शुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका अन्तर्गत महिला बिकाश शाखाकि सहायक महिला निरीक्षक कल्पना मिश्रले लैङ्गिक हिंसाको अभियान बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, स्वास्थ्य स्वयसेविका, शिक्षक शिक्षिका, आमा समुह, विभिन्न महिला संजाल तथा ६ वटै वडाका महिलाहरुको सभागित रहेको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुले लैङ्गिक हिंसा विरुद्धको अभियानको औचित्य, सार्थकता, विभिन्न संघ संस्था र स्थानिय सरकारको कार्यशैलिका बारेमा जिज्ञासा राख्नुको साथै सुझाव सल्लाह समेत दिएका थिए ।

सभापति भगवती देबि डगौराले सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुलाइ श्रब्य दृश्य समाग्री मार्फत हिंसाका स्वरुप, सजकताका उपाय तथा न्यूनीकरणको भूमिकाको बारेमा समेत जानकारी गराइएको थियो ।