खैरो हिरोइनसहित पक्राउ परेका थिए र्‍यापर लाउरे - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

खैरो हिरोइनसहित पक्राउ परेका थिए र्‍यापर लाउरे



काठमाडौं- र्‍यापर लाउरेका रुपमा चिनिने आशिष राना पोखराबाट पक्राउ पर्दा प्रहरीले उनीसँग खैरो हिरोइन फेला परेको थियो । उनीसहित पोखराबाट बुधबार साँझ प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पोखराको न्युरोडबाट उनी बुधबार साँझ पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । पहिलेदेखि नै लागुऔषध सेवन गर्ने गरेको आरोप लागेका लाहुरे खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई खैरो हिरोइनसहित लाउरे पक्राउ गरिएको हो भने थप अनुसन्धान भैरहेको छ । अहिले युवा पुस्तामा चर्चित कार्यक्रम हिमालयन रोडिजका निर्णायकसमेत रहेका उनी पछिल्लो समय निकै चर्चामा रहेका र्यापर हुन् ।