अन्तर्राष्ट्रिय लागू पदार्थ दुरुपयाेग तथा ओसारपसार विरुद्ध दिवस बौनियामा पनि मनाइयो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

अन्तर्राष्ट्रिय लागू पदार्थ दुरुपयाेग तथा ओसारपसार विरुद्ध दिवस बौनियामा पनि मनाइयो



बौनिया । अन्तर्राष्ट्रिय लागू पदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धकाे दिवस बधुबार कैलालीको बाैनियामा मनाईएकाे छ ।

“हेल्थ फर जस्टिज , जस्टिज फर हेल्थ” अन्तराष्ट्रिय नारा रहेकाे दिवसकाे नेपालमा चाहिँ “समृद्ध राष्ट्र निर्माणका लागि लागू अाैषध रहित स्वास्थ जीवन” मुल नारा सहित सुरु भएको कार्यक्रममा बर्दगाेरिया गाउपालिका- २ बाैनिया स्थित नव बाल बाटिका विद्या मन्दिर बाैनियाका विद्यार्थी , ईलाका प्रहरी कार्यालय बाैनिया अन्तरगतका सम्पुर्ण कर्मचारि,समाजसेवि,जनप्रतिनिधि लगायतकाे सहभागीता रहेको थियाे ।

नव बाल बाटिका विद्या मन्दिरबाट सुरु भएको प्लेकार्ड सहति काे र्‍यालिले बाैनिया बजार परिक्रमा गर्दै चाैराहामा काेण सभामा परिणत भएको थियाे । स्वस्थ,सबल र समृद्ध नेपालकाे प्रतिवद्धता: लागू अाैषत अपराध विरुद्धको ऐक्यबद्धता,हाम्राे चाहना : लागू अाैषद रहित स्वस्थ र सुखि जिवनकाे कामना लगायतका नारा लगाईएकाे थियाे ।

कार्यक्रममा बर्दगाेरिया गाउपालिका -२ का वडा अध्यक्ष भेखुराम चाैधरि ,नव बाल बाटिका विद्या मन्दिरका विद्यार्थी वसन्त ठाकुर , अदिति रावल, र अाकृति भण्डारि , बिधालयका शिक्षक हर्क अाेड,घाेडाघाेडि बहुमुखि क्याम्पसका स्ववियु सभापति जीवन वि.सि
लगायतकाले लागू अाैषध प्रयाेग बाट हुने बेफाइदा लगायतका बारेमा अाफ्नाे मन्तव्य राखेका थिए ।

कार्यक्रम समुदाय प्रहरी साझेदारि कार्यक्रम अन्तरगत नव बाल बाटिका बिधा मन्दिर संगकाे साझेदारीमा सञ्चालन गरियकाे ईलाका प्रहरी कार्यालय बाैनियाले जानकारि दियकाे छ । कार्यक्रमकाे सञ्चालन इलाका प्रहरी कार्यालय बाैनियाका प्रमुख प्रहरी निरिक्षक धुर्ब बहादुर बिष्टले सञ्चालन गरेका थिए ।