कैलालीमा लागुऔषध चरेससहित २ जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा लागुऔषध चरेससहित २ जना पक्राउ



धनगढी , कैलाली । कैलालीको धनगढीबाट लागु औषध चरेससहित प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ प्रकुर्तिनगरमा पसल सन्चालन गरीबस्ने ३५ वर्षिय प्रजापति पन्त र वडा नम्बर ४ का रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।पसलबाट खरीदबिक्रि भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट ३ किलो ४ सय ग्राम लागुऔषध चरेस प्रहरीले बरामद गरेका छ । पन्त र धामीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।