लागूऔषध सहित ३ जना कलंकीबाट पक्राउ

काठमाडाैँ। महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार दिउँसो काठमाडाैँ महानगरपालिका-१४ कलंकीबाट सिन्धुली सुनकोशी गाँउपालिका-२ का बैकुण्ठ श्रेष्ठ, बौद्ध आरूवारी बस्ने दोलखा मेलुङ गाउँपालिका-४ की लाल माया तामाङ र कलंकी बस्ने दोलखा चरीकोटकी अस्मिता मगरलाई पक्राउ गरेको हो ।
कलंकी ईनसेक चोक स्थित सडक खण्डमा हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रमा ७० पत्ता (२१ सय ट्याबलेट), ट्रमाडोल १८ पत्ता ( ५ सय ८० ट्याबलेट) बरामद गरेको छ ।
लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

