श्रीमानसँग छुट्टिएर बसेकी महिलाको डरलाग्दो धन्दा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

श्रीमानसँग छुट्टिएर बसेकी महिलाको डरलाग्दो धन्दा



काठमाडौं– भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं– १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले बताए ।

लागु औषध बेचेको १ लाख ४१ हजार नगद पनि प्रहरीले बरामद गरेको छ । श्रीमानसँग छुट्टिएर बसेकी श्रेष्ठले ७ वर्षदेखि यो काम गर्ने गरेको प्रहरीसमक्ष वयान दिएकी छिन् ।

उनले आफ्ना २ जना छोराहरुलाई समेत लागु औषध खुवाउने गरेको अनुसन्धानबाट देखिएको एसएसपी लामाले बताए ।

छोराहरुलाई दुर्व्यसनीबाट हटाउनुको साटो, आमाले नै त्यही बाटोमा भित्र्याएको एसएसपी लामाले बताए ।

‘घरबाटै २ छोरा र बुहारीको समेत सहयोगमा उनले लागु औषध विक्री गर्ने गरेको प्रहरीले बताएको छ । उनले भारतबाट कसरी र उनको नेटवर्कमा को को सम्लग्न छन्, अनुसन्धान भइरहेको छ,’ लामाले भने ।