लगातार परामर्शमा राष्ट्रपति र प्रधानमन्त्री: आजपनि दुई घन्टा छलफल - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

लगातार परामर्शमा राष्ट्रपति र प्रधानमन्त्री: आजपनि दुई घन्टा छलफल



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली फेरि लगातार राष्ट्रपति कार्यालय धाउन थालेका छन् । कुनै महत्वपूर्ण निर्णय गर्नुपूर्व राष्ट्रपतिसँग लगातार छलफल गर्ने ओली बिगत केहिदिन देखि शितलनिवासमा निरन्तर परामर्शमा छन्।

प्रधानमन्त्री ओली र विद्यादेवी राष्ट्रपति भण्डारीबीच आज पनि शितलनिवासमा लामो छलफल भएको छ । लामो छलफल सकेर भर्खरै मात्र प्रधानमन्त्री ओली शीतलनिवासबाट बाहिरिएका छन्।

बिहीबार दिउँसो ओली र भण्डारीबीच शीतल निवासमा करिव २ घण्टा छलफल भएको बताइएको छ । छलफल के बिषयमा भएको भन्ने खुलाइएको छैन । तर आगामी रणनीति बनाउन उनीहरू छलफलमा जुटेको स्रोत बताउँछ ।

यसैबीच राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्। राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। राष्ट्रियसभाको यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।

आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जानकारी गराएका हुन्।