क्वीक्स कप अन्तरमाध्यमीक विद्यालय स्तरीय छात्र / छात्रा राष्ट्रिय फुटवल प्रतियोगिता सुरु - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

क्वीक्स कप अन्तरमाध्यमीक विद्यालय स्तरीय छात्र / छात्रा राष्ट्रिय फुटवल प्रतियोगिता सुरु



हिमाल पोस्ट / कैलाली ।
क्वीक्स कप अन्तरमाध्यमीक विद्यालय स्तरीय छात्र / छात्रा राष्ट्रिय फुटवल प्रतियोगिता- २०७६ सुरु भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अन्तरगत राष्ट्रिय खेलकुद परिषदको समन्वय, अखिल नेपाल फुटवल संघको बार्षिक कार्यक्रम तथा कैलाली जिल्ला फुटवल संघको आयोजनामा बुधबारदेखि धनगढी स्थित क्षेत्रिय रंगशालामा एक कार्यक्रमका विच सुरु भएको हो ।

कैलाली जिल्ला फुटवल संघका का.वा.अध्यक्ष अनिल मल्लको सभापतित्वमा भएको समुद्घाटन कार्यक्रममा अखिल नेपाल फुटवल संघका मानार्थ केन्द्रिय सदस्य प्रकाश सिंह विष्ट प्रमुख अतिथि रहेका थिए । साथै कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, चौधरी ग्रुप सुदुरपश्चिम प्रदेश प्रमुख, व्याव्सन कैलालीका वरिष्ठ उपाध्यक्ष, एन व्याव्सन कैलालीका अध्यक्ष, जिल्ला फुटवल संघका पदाधिकारी, फुटवल प्रशिक्षक , पत्रकार लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

कैलाली जिल्ला फुटवल संघका महासचिव ओम प्याकुरेलको स्वागत मन्तव्यसंगै सुरुभएको कार्यक्रममा प्रमुख अथिति प्रकाश सिंह विष्टले रेफ्रिलाई वल हस्तान्तरण गर्दै खेल संचालनको शुभारम्भ गरिएको थियो ।

प्रतियोगितामा कैलाली जिल्लाभरीका छात्र तर्फ ३४ विद्यालय र छात्रा तर्फ १० विद्यालयको सहभागि रहेको छ
प्रतियोगिता संयोजक विनोद विष्टले जानकारी दिए ।प्रतियोगिता असार २१ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताको विजेता विद्यालय क्षेत्रिय छनौट प्रतियोगिताका लागि छ्नोट हुने समेत बिष्टले जानकारी दिए । कार्यक्रमको संचालन कार्य समिति सदस्य ललित मिश्रले गरेका थिए ।