कुवेतमा खुमनलाई भब्य स्वागत - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कुवेतमा खुमनलाई भब्य स्वागत



कुवेत।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रमका लागि कुवेत आई पुगेका चर्चित गायक खुमन अधिकारीलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरूले पुष्प गुच्छा साथै खादा ओढाएर भव्य स्वागत गरेका छन् ।गायक खुमन अधिकारी बिहीबार बिहान ५ बजे कुवेत आई पुगेका थिए।

‘मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौँ’भन्ने मूल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० कुवेतले कुवेतमा अङ्ग्रेजी नयाँ वर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत् साङ्गीतिक कार्यक्रम भव्य रूपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।

संस्थाका अध्यक्ष न्यौपानेले विगतका दिनहरूमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउँदै सम्पूर्ण सङ्घ–संस्था पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत गरेका छन्।