कुवेतमा ६ जना नेपालीको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कुवेतमा ६ जना नेपालीको मृत्यु



काठमाडौं : कुवेतमा छ जना नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको हो ।

कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को खसेको थियो ।

ओझाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको विस्तृत विवरण आउन सकेको छैन । छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको उनको भनाइ छ ।

उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ ।