नुवाकाेटका एक युवाको कुवेतमा मृत्यु - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

नुवाकाेटका एक युवाको कुवेतमा मृत्यु



कुवेत- कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । वैदेशिक रोजगारीका शिलशिलामा कुवेत पुगेका नुवाकाेटका २५ वर्षीय प्रजय तामाङको मृत्यु भएको हो ।

मेघाङ गाउँपालिका ६ का २५ तामाङ सोमबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको बताइएको छ । उनको शव अस्पतालमा रहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल पठाइने तयारी भएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ।

उनि डेढ वर्षअघि कुवेतमा मजदुरको रुपमा गएका थिए । पछिल्लो समय उनि कम्पनीबाट भागेर अवैधानिक रुपमा बसोबास गरिरहेको जनाइएको छ ।