बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट



गोरखा — बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको ज्यान गएको छ ।

बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहुली लिएर र्फकँदा १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ ।फाईल तस्विर