कुष्ठरोग निवारण सम्बन्धी जनप्रतिनिधीहरुका लागी परिचयात्मक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कुष्ठरोग निवारण सम्बन्धी जनप्रतिनिधीहरुका लागी परिचयात्मक कार्यक्रम सम्पन्न



दीपा महत /कपिलवस्तु 

कुष्ठरोग निवारण सम्बन्धी जनप्रतिनिधीहरुका लागी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वाणगंगा नगरपालिकामा भएको उक्त कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधीहरुलाई कुष्ठरोग केहो, यो कसरी लाग्दछ , बच्ने उपाए के हुन, भन्ने बारे जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख मंगलप्रसाद थारुले यहि चैत्र १९ र २० गते हुने कुष्ठरोगविरुद्धको महाअभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाले नगरलाई कुष्ठरोग मुक्त पार्नको लागी आफुहरुपनि खटिने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य फोकल पर्सन कमल ज्ञवालीले कुष्ठरोगको परिचय , सर्ने तरिका , लक्षणहरु हरुको बारेमा जानकारी गराउनु भएको थियो । साथै यो रोग पूर्नर जन्मको पाप नभई जिवाणुबाट मानिसमा लाग्ने रोग भएकाले अन्धविश्वासमा नबस्न आग्रह गर्नु भयो ।

कुष्ठरोगको समयमा उपचार गरेमा निराकरण गर्न सकिने उहाले बताउनु भयो । यसैगरी स्वास्थ्य संयोजक कृष्ण घिमिरेले कार्यक्रमको सहजीकरण गर्दै वाणगंगा नगरपालिकालाई कुष्ठरोग मुक्त नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।

उहाले यहि चैत्र १९ र २० गते सम्भावित कुष्ठरोगीलाई स्वास्थ्य संस्थामा जान आग्रह गर्नु भएको छ । वाणगंगा नगरपालिकामा हाल २५ जना कुष्ठरोगका बिरामी रहेकोमा महिला १० जना र पुरुष १५ जना कुष्ठरोगका बिरामी रहेका छन् ।

कुष्ठरोग घना बस्ती भएको ठाउमा, संक्रमितको परिवारलाई , संक्रमित संग एक हप्तामा २० घण्टा संगै बसेमा यो सर्ने सम्भावना बढी हुन्छ । नगरपालिका भित्र लुकेर रहेका विरामीको पहिचान गरी उपचारमा ल्याउने उद्देश्यले यहि चैत्र १९ र २० गते महा अभियान संचालन गरिदै छ ।

त्यसका लागी काठमाण्डौको आनन्दबन अस्पतालबाट डाक्टर आउने छन् । कार्यक्रममा सामाजिक समितीका सभापति भिष्मराज भुषालले मन्तब्य राख्नु भएको थियो । नगरका निमित्त प्रसासकिय प्रमुख, सम्पूर्ण वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, संचारकर्मी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।