ठूलो भाग खान प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उठेका कुशवाहा पराजित - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ठूलो भाग खान प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उठेका कुशवाहा पराजित



स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा पराजित भएका हुन् ।

सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित कुशवाहा काँग्रेस मधेस प्रदेशका प्रमुख सचेतक थिए ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्र कुमार यादवसँग ५४२ मतले पराजित भएका छन् ।

यादवले ५ हजार २९४ मत ल्याएर निर्वाचित भएका हुन् भने कुशवाहा उनको निकटतम प्रतिद्वन्द्वी हुँदै ४ हजार ७४२ मत ल्याएका छन् ।