"कुण्डालाई बेलौरी नगरपालिकाको नगर उधानको रुपमा विकास गर्छु": नगर प्रमुख पोतिलाल चौधरी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

“कुण्डालाई बेलौरी नगरपालिकाको नगर उधानको रुपमा विकास गर्छु”: नगर प्रमुख पोतिलाल चौधरी



लाल बहादुर एस,के

कञ्चनपुर । बेलौरी नगरपालिका- ९ कुण्डाको श्री गोरखनाथ सामुदायिक वन उपभोक्ता समुहको १३ औं  वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै नगर प्रमुख पोतिलाल चौधरीले कुण्डालाई नगरपालिका कै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै नगर उधानको रुपमा विकास गर्ने बताउनु भयो ।

यसको लागि बेलौरी नगरपालिकाले यस आ. व.मा १५ लाख रुपैयाँपनि विनियोजन गरि सकेको बताउनु भयो । साथै यसलाई निरन्तरता दिदै जाने समेत बताउनु भयो । बेलौरी नगरपालिका कै विगत लामो समय देखि सबैभन्दा बढी पिकनिकको लागि मान्छे जम्मा हुने पिकनिक स्पोर्ट्स भएकोले यसलाइ नगर उद्धान बनाउन लागेको समेत बताउनु भयो ।

संंगै कुण्डा थारु जातीको बाहुल्य क्षेत्र भएको ले भविष्यमा यस गाउँ लाई थारु होम स्टेको रुपमा स्थापना गर्न यहाँको स्थानिय बासिन्दा सङग छलफल गर्ने पनि आफ्नो योजना रहेको बताउनु भयो । साथै कुण्डा सङग सङ्गै बेलौरी नगरपालिकाले बन्धाताल ,शोभाताल ,पुरैनी ताल र बन्तरिया ताल लाई पनि बेलौरी नगरपालिका को पर्यटकीय क्षेत्रहरूको रुपमा विकास गर्ने DPR पनि निर्माण गरि बजेट पनि विनियोजन गरि सकेको नगर प्रमुख चौधरी ले बताउनु भयो ।

उक्त कार्यक्रम सामुदायिक वन को अध्यक्ष राजाराम चौधरी को सभापतित्व, बेलौरी नगर प्रमुख पोतिलाल चौधरिको प्रमुख आतिथ्यता , लालझाडी गाउँ पालिका अध्यक्ष मदन सेन बडायक र समाजसेबि तथा ने क पा नेता राम बहादुर गुरुङ को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।