एनआरएनए अध्यक्षमा कुमार पन्त बिजयी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

एनआरएनए अध्यक्षमा कुमार पन्त बिजयी



काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा अध्यक्षमा कुमार पन्त बिजयी भएको खबर प्राप्त भएको छ । सुरुवातमा कडा टक्करमा आएका कुल आचार्य भने अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेको स्रोतले जनाएको छ ।

यद्यपि निर्वाचन कमिटीले अहिलेसम्म आधिकारिक मतपरिणा सार्वजनिक गरिसकेको छैन। बुधबार विद्युतीय मेशिनबाट सुरु गरिएको मतदान प्राविधिक गडबडी भन्दै रोकिएको थियो। त्यसपछि बिहीबार कागजकै मतपत्रमार्फत् मतदान गराइएको थियो।

एनआरएनएको यसपटकको नवौँ विश्व सम्मेलन उद्घाटनदेखि समापनसम्म आइपुग्दा पनि विवादित छ। बिहीबार राति मतगणनाका क्रममा आचार्य र पन्त पक्षबीच मतगणनास्थल बाहिर विवाद हुँदा प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो।