कुमार पन्त बने एनआरएनएको छैटो अध्यक्ष - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

कुमार पन्त बने एनआरएनएको छैटो अध्यक्ष



काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा अध्यक्षमा कुमार पन्त बिजयी भएको खबर प्राप्त भएको छ । सुरुवातमा कडा टक्करमा आएका कुल आचार्य भने अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेका थिए ।

पन्तले १०९४ र आचार्य ९५९ मत पाएका छन् ।

पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बुधबार विद्युतीय मेशिनबाट सुरु गरिएको मतदान प्राविधिक गडबडी भन्दै रोकिएको थियो। त्यसपछि बिहीबार कागजकै मतपत्रमार्फत् मतदान गराइएको थियो।

एनआरएनएको यसपटकको नवौँ विश्व सम्मेलन उद्घाटनदेखि समापनसम्म आइपुग्दा पनि विवादित छ। बिहीबार राति मतगणनाका क्रममा आचार्य र पन्त पक्षबीच मतगणनास्थल बाहिर विवाद हुँदा प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो।