कुलमानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

कुलमानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य



काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै शाक्यले सोमबार रिट दायर गरेको सर्वोच्चका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। उनले रिट दर्ता भएको तर पेशी भने तोकि नसकिएको बताए।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन् भएको दाबी गरेका छन्।

शाक्यले आफैंलाई कार्यकारी निर्देशकमा कायम गर्न अन्तरिम आदेशको माग गरेका छन्। शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दाबी गरिएको थियो।

शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा चार वर्षका लागि नियुक्ति गरिए पनि उनी एकाएक सर्वोच्च गएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई नियुक्त गरेको थियो।