'कुलमान घिसिङ नहटाउ अभियान'मा लाखौं युवाको समर्थन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

‘कुलमान घिसिङ नहटाउ अभियान’मा लाखौं युवाको समर्थन



काठमाडौं, २८ बैसाख

 

पछिल्लो समय एलइडि बल्बको विवादको खण्डन गर्दै कुलमान घिसिङ भावुक बनेपछि सामाजिक सञ्जालमा यूवाहरु क्याम्पिन नै सुचारु गरेका छन् । पोखराबाट एकजना यूवाले कुलमान घिसिङ नहटाउ \बचाउ अभियान नै सुरु गरेर यूवाहरुको आवाजलाई एकठाउँ पारिरहेका छन् ।

तपाईलाई कुलमान किन चाहिन्छ ? कुलमान रहदा तपाईको ब्यक्तिगत र ब्यवसायिक जिबनमा के असर परेको छ आफ्नो फेसबुकमा लाइभ अथबा भिडियो रेकर्ड गरेर पोष्ट गर्नुस् भन्दै आह्वान गरिरहेका छन् ।

अब सरकार फेरीने सम्भावना अति प्रबल छ र नयाँ सरकारले कुलमानलाई पदमा राख्ला कि नराख्ला भन्ने पीर र मनाशयले अहिले बाटै यूवा लगायत विभिन्न ब्यक्तिहरुले फेसबुक सामाजिक सञ्जालबाट कुलमान घिसिङ नहटाओ अभियान सञ्चालन गरेका हुन् ।

हजारौ मानिसहरुले उक्त अभियानमा साथ दिइरहेका छन् भने धेरै भन्दा धेरै ब्यक्तिहरुले कुलमानको पक्षमा आफ्नो बिचार लेख्दै भिडियो पोष्ट गरिरहेका छन् ।