कुलमान घिसिङ र मुकेश काफ्लेविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउने तयारी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कुलमान घिसिङ र मुकेश काफ्लेविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउने तयारी



काठमाडौँ– विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोग लागेको छ ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सफारिस गरेको हो ।

उपसमितिमा कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजक छन् भने अन्य सदस्यमा सांसदहरू तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य रहेका छन्।

अध्ययन उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गरी कुलमान घिसिङ र मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको निष्कर्ष निकालेको छ ।

स्रोतका अनुसार वर्तमान र पूर्व सञ्चालक समितिमा रहेका सदस्य सबैलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो। स्रोतका अनुसार घिसिङले पटक पटक उपसमिति समक्ष उपस्थित भएर आफ्ना कुरा राखेका थिए।

उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमानदारिताका साथ बक्यौता उठाउने कोसिस गरिरहेको बताएका थिए।

विद्युत प्राधिकरणकले दुई सय ५० भन्दा बढी उद्योगलाई छुट भएको विद्य‌ुत महसुल बिल ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो।

२०७१ असोज ३० गते सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्ले काफ्लेलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। उनले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको दबाबमा २०७२ भदौ २४ गते राजीमान दिएका थिए।

पाँच दिनपछि मन्त्रिपरिषद्ले काफ्लेको राजीनामा स्वीकृत गर्दै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। घिसिङले प्राधिकरणको नेतृत्व पाएपछि देशलाई चरम लोडसेडिङबाट मुक्त गरेका थिए।