कुलमानको कमल -प्राधिकरणले गर्यो एक वर्षमै ७ अर्ब २० करोड नाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणको १४९ प्रतिशत नाफा वृद्धि हुँदा यति धेरै नाफा कमाएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।
२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण घिसिङ नेतृत्वमा आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न सफल भएको थियो । आर्थिक वर्ष २०७४ ७४ मा २ अर्ब ८५ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष भने नाफामा उच्च वृद्धि भएको छ ।