लोडसेडिङको विषयमा किन बोले कुलमान ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

लोडसेडिङको विषयमा किन बोले कुलमान ?



खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञप्तिमा भनिएको छ, अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित, अघोषित कुनै लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौं ।

प्राविधिक समस्याका कारण कहीं कतै केही बेर विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा  समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको प्राधिकरणले जनाएको छ ।