कुलमानले भने: काठमाडौंका घरबेटीहरू खराब छन् - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कुलमानले भने: काठमाडौंका घरबेटीहरू खराब छन्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको व्यापार गरिरहेको बताएका छन् । उनले भाडामा बस्नेसंग घरबेटीले बिजुलीको ब्यापार गरिरहेको भन्दै अब यस्तो गर्न नपाइने समेत बताएका छन् । 

थुप्रै गुनासोहरू आइरहेको सुनाउँदै उनले घरबेटीले भाडावालबाट बिजुलीको पैसा बढी लिएर प्राधिकरणलाई कम तिर्ने अनि आफू नाफा खाने गरेको भन्दै उनले यसमा कडाइ गर्ने बताएका हुन् । 

प्राधिकरणमा कार्यकारी निर्देशक भएको तीन वर्ष पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरेका घिसिङले भने, “जति बिल आउँछ, त्यति तिर्नुस् ।

घरबेटीले प्रतियुनिट महसुल बढाएर व्यापार गर्न पाउँदैन,” उनले भने, “बरू भाडा बढी लिनुस् बिजुलीको महसुल बढी नलिनुस् । १३ रूपैयाँ प्राधिकरणलाई तिर्ने अनि भाडावालसँग २० रुपैयाँ लिन पाइँदैन ।”