कुलाको मुहानमा दुई पुरुषको शव फेला - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कुलाको मुहानमा दुई पुरुषको शव फेला



पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा शनिवार दुई पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस