अज्ञात समुहकाे आगजनिबाट कुखुराको खाेर जलेर नष्ट - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

अज्ञात समुहकाे आगजनिबाट कुखुराको खाेर जलेर नष्ट



बाैनिया,कैलाली । बर्दगाेरिया गाउपालिका- ३ बुटकाैवामा शनिबार राति १२ बजे अज्ञात समुहकाे अागजनिबाट रामचन्द्र गाैतमकाे कुखुराकाे खोर जलेर नष्ट भएको छ ।

शनिबार राति अाफु साेहि खोरमा सुति रहेकाे अवस्थामा काेठाकाे बाहिर बाट ताला लगाइदिएर अागजनि गर्दा करिब १ लाख ५० हजार बराबरकाे क्षती भएको गाैतमले बताए । अागलागि बाट खरले छायकाे र जालिले घेराबार गरिएकाे खोर जल्नुका साथै लत्ताकपडा समेत जलेर नष्ट भएको पिडितले बताए ।

अागलागि पश्चात अाफुहुरु सुति रहेकाे अवस्थामा अाफुहरुले हाे हल्ला गर्दा छिमेकी हरु अायर अागाे नियन्त्रणमा लिएकाे उनले बताए । पिडित गाैतमले साे अज्ञात व्यत्ति पत्ता लगाई अाफुहरुलाई क्षतिपूर्ति काे व्यवस्था मिलाई दिन समेत पिडित गाैतमले आग्रह गरे ।