कुखुराहरू मिलेर स्याल मारिदिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कुखुराहरू मिलेर स्याल मारिदिए



एजेन्सी – उत्तर पश्चिम फ्रान्सको एक कुखुरा फार्ममा कुखुराहरू मिलेर स्याल मारिदिएका छन् ।

यो अनौठो घटना ब्रिटानीको एक शिक्षालयको फार्ममा भएको हो । तीन हजार कुखुरा भएको उक्त फार्ममा स्याल पसेपछि सयौं कुखुराले सामूहिक आक्रमण गरेका थिए ।

‘उनीहरूमा सामूहिक भावना देखियो र चुच्चाले स्याललाई आक्रमण गरे,’ ग्रसचेन कृषि शिक्षालायका कुखुरा पालन प्रमुख पास्कल ड्यानियलले भने ।

अर्को दिन फार्मको कुनामा स्याल मृत भेटिएको थियो । ‘स्यालको मुखदेखि घाँटीसम्म चुच्चाले खोपेको घाउ नै घाउ थियो,’ ड्यानियलले भने ।