ओलीले किन भने: कुहिएका माछा खानुस ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीले किन भने: कुहिएका माछा खानुस !



हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता आयातमा बढी भर परेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले विदेशमा बनेका सामान तथा उपभोग्य वस्तु आयात मात्रै गर्ने चलन नराम्रो भएको बताएका हुन् ।

सोमबार प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता वस्तु उपभोग गर्दा स्वास्थ्यमा पनि असर गर्ने बताएका छन् ।

उनले देश गरिब भएपनि देशमा फलेको चामल मोटो भनेर विदेशबाट आयात गरेको मसिनो चामल खाने गरेको बताए । त्यस्तै देशमा भएका कारखाना बन्द भएको तर विदेशबाट राम्रो देखिने सामान उपभोग गर्ने क्रम बढेको बताए ।

उनले भने, ‘कपडा कारखाना सिध्याइदियौं, तरपनि कपडा राम्रै लगाउनुपर्छ । जुत्ता कारखाना सिध्याइदियौँ, तर जुत्ता राम्रो नै लार्उनुपर्छ ।’

कपास खेती नगर्ने तर कपासको राम्रो कपडा लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले विदेशबाट नचाहिने सामान ल्याएर आयात बढाएको बताए । त्यस्ता वस्तुले नेपालीलाई उत्पादनमुखी होइन उपभोगमुखी भएको बताए ।

उनले भने, ‘रेमिट्यान्स र आयातमा भर पर्ने, अलिअलि मान्छेले जागिर खाएको छ । यसबाट उत्पादनतर्फ होइन उपभोगतर्फ गइरहेका छौँ ।’

उनले ठट्यौली पारामा भने, ‘हामीलाई कुहिएका माछा आयात गरेर नखाए हुने हो । त्यसमा हालेको मर्फिनले १० वर्षमा नपुंशकता हुन्छ । अब फेमिलि प्लानिङ नगरे हुन्छ त्यै कुहिएका माछा खाए हुन्छ ।’

त्यस्तै कतिपय आयातित पेय पदार्थ खानयोग्य नभएपनि उपभोग भइरहेको ओलीले बताए । उनले भने, ‘कुहिएका केरा नखाए हुने हो तर किन पैसा चिलाउछ खै१ रेडबुल कुन्नी कुन जुस नखाए हुने हो । त्यसमा केमिकल फ्लेवर हुन्छ लिचिको भन्छ त्यसको बोक्रा देखेको हुँदैन ।’

उनले नेपालको पानी पिए हुने ठाउँमा अर्बौंको पेय पदार्थ आयात भइरहेकोमा उनले दुखेको पोखे । उनले त्यस्ता वस्तु आयात नगरेर उत्पादनमा लाग्नुपर्ने बताए ।