काठमाडौं महानगरका उम्मेदवारहरू नै माओवादी छोडेर एमालेमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काठमाडौं महानगरका उम्मेदवारहरू नै माओवादी छोडेर एमालेमा



काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको छ । सोमबार काठमाडौं महानगरका माओवादीका उम्मेदवारहरू नै एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकामा वडाध्यक्षका उम्मेदवार बनेका उम्मेदवार नै एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट वडा–२४ को अध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठसहित नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन्।

श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै नभई उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टी परित्याग गरेको बताए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए।