काठमाडौं उपत्यकामा थप २ संक्रमितको मृत्यु
काठमाडौं- ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।
अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ४५ वर्षकी महिला र ४१ वर्षका पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो। मृत्यु भएका दुवै जना साउन १९ गते अस्पताल भर्ना भएका थिए।
डा. शर्माले महिला सुनौलीकी घर भएकी र उनमा पाठेघरकाे क्यान्सरको समस्या रहेको बताए । पुरुष भने कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए। उनमा कोरोनाको परीक्षण गर्दा पोजेटिभ पुष्टि भएकाे हाे।
यसअघि बिहीबार राति पाटन अस्पतालमै कोरोना संक्रमित वीरगन्जका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
ती व्यक्ति साउन १७ गतेस्टार अस्पतालबाट रेफर भएर पाटन अस्पताल आएका थिए। मृत्यु भएका पुरुषमा मधुमेह र उच्च रक्तचापका बिरामी भएको डा. शर्माले जानकारी दिए।