यो वर्ष काठमाडौंको तापक्रम माइनसमा पुग्ने, सतर्क रहन आग्रह - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

यो वर्ष काठमाडौंको तापक्रम माइनसमा पुग्ने, सतर्क रहन आग्रह



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताए ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ मा झरेको बताए ।

उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम –१ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।

वरिष्ठ मौसमविद् पौडेलले भने, “यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता–१० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौँको १६–१७ डिग्रीबाट घट्दै ९ सम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैर्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो ब